विमानस्थलमा अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई कारबाही गर्न ‘अल्टिमेटम’ दिइँदै

विमानस्थलमा अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई कारबाही गर्न ‘अल्टिमेटम’ दिइँदै : Icon Khabar

काठमाडौँ, माघ १४ । कर्मचारी संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्टिमेटम दिने भएका छन् ।

आज (आइतबार) बिहान बबरहलमा बसेको पाँच कर्मचारी संगठनको संयुक्त बैठकले आजै गृहमन्त्री श्रेष्ठलाई भेटेर कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न तीन दिने अल्टिमेटम दिने निर्णय गरेको हो । नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनकबहादुर रावलले आजै गृहमन्त्रीलाई भेटेर घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न तीन दिनको अल्टिमेटम दिने निर्णय भएको जानकारी दिएका छन् ।

उनले आफूहरुको माग तीन दिनमा पूरा नभए देशव्यापी आन्दोलमा उत्रिने चेतावनी समेत दिए । ‘तीन दिनमा हाम्रो माग सम्बोधन भएन भने देशव्यपापी आन्दोलनमा उत्रिनेछौँ,’ उनले भने । गत शुक्रबार दिउँसो १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतलाई कुटपिट गरेको घटना बाहिरिएको थियो ।

Published Date: 28 January 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी