विमानस्थलमा अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई कारबाही गर्न ‘अल्टिमेटम’ दिइँदै

विमानस्थलमा अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई कारबाही गर्न ‘अल्टिमेटम’ दिइँदै : Icon Khabar

काठमाडौँ, माघ १४ । कर्मचारी संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्टिमेटम दिने भएका छन् ।

आज (आइतबार) बिहान बबरहलमा बसेको पाँच कर्मचारी संगठनको संयुक्त बैठकले आजै गृहमन्त्री श्रेष्ठलाई भेटेर कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न तीन दिने अल्टिमेटम दिने निर्णय गरेको हो । नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनकबहादुर रावलले आजै गृहमन्त्रीलाई भेटेर घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न तीन दिनको अल्टिमेटम दिने निर्णय भएको जानकारी दिएका छन् ।

उनले आफूहरुको माग तीन दिनमा पूरा नभए देशव्यापी आन्दोलमा उत्रिने चेतावनी समेत दिए । ‘तीन दिनमा हाम्रो माग सम्बोधन भएन भने देशव्यपापी आन्दोलनमा उत्रिनेछौँ,’ उनले भने । गत शुक्रबार दिउँसो १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतलाई कुटपिट गरेको घटना बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 January 2024
Website | + posts




ताजा
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता
सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने