सुदूरपश्चिमलाई बागमतीको प्रतिस्पर्धात्मक लक्ष्य

सुदूरपश्चिमलाई बागमतीको प्रतिस्पर्धात्मक लक्ष्य : Icon Khabar

काठमाडौं, माघ ११ । प्रधानमन्त्री कप २०२४ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २ सय ४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन जोडेको हो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले उच्च लय कायम राख्दै अर्धशतक बनाए ।

आशुतोषले ६२ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन जोडे । उनले कप्तान रित गौतमसँग दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए । रितले ६१ बलमा ९ चौकासहित ४४ रन जोडे ।

बागमतीका इशान पाण्डे २, रविन जोशी २४, अशोक पौडेल ३१ विपिन आचार्य १२ रनमा आउट भए । सोनु देवकोटाले तल्लोक्रममा २० बलको सामना गर्दै २ चौका र २ छक्कासहित नटआउट २८ रनको योगदान दिए । प्रतिशले १-१ चौका र छक्कासहित १४ बलमा १७ रन जोडे ।

सुदूरपश्चिमका लागि नारायण जोशी र शेर मल्लले ३-३ विकेट लिए । विकास आग्रीले २ र मिलन बोहोराले १ विकेट हात पारे ।

यस खेलमा जित हासिल गर्ने टोलीले शीर्षस्थानको पुलिससँग अंक बराबरी गर्नेछ । सुदूरपश्चिमले ५ खेल र बागमतीले ७ खेलमा ८ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने