सुदूरपश्चिमलाई बागमतीको प्रतिस्पर्धात्मक लक्ष्य

सुदूरपश्चिमलाई बागमतीको प्रतिस्पर्धात्मक लक्ष्य : Icon Khabar

काठमाडौं, माघ ११ । प्रधानमन्त्री कप २०२४ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २ सय ४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन जोडेको हो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले उच्च लय कायम राख्दै अर्धशतक बनाए ।

आशुतोषले ६२ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन जोडे । उनले कप्तान रित गौतमसँग दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए । रितले ६१ बलमा ९ चौकासहित ४४ रन जोडे ।

बागमतीका इशान पाण्डे २, रविन जोशी २४, अशोक पौडेल ३१ विपिन आचार्य १२ रनमा आउट भए । सोनु देवकोटाले तल्लोक्रममा २० बलको सामना गर्दै २ चौका र २ छक्कासहित नटआउट २८ रनको योगदान दिए । प्रतिशले १-१ चौका र छक्कासहित १४ बलमा १७ रन जोडे ।

सुदूरपश्चिमका लागि नारायण जोशी र शेर मल्लले ३-३ विकेट लिए । विकास आग्रीले २ र मिलन बोहोराले १ विकेट हात पारे ।

यस खेलमा जित हासिल गर्ने टोलीले शीर्षस्थानको पुलिससँग अंक बराबरी गर्नेछ । सुदूरपश्चिमले ५ खेल र बागमतीले ७ खेलमा ८ अंक जोडेको छ ।

Published Date: 25 January 2024


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल