अनिलको शतकमा मधेशको विशाल योगफल

अनिलको शतकमा मधेशको विशाल योगफल : Icon Khabar

काठमाडौं, माघ ११ । मुख्य ब्याटर अनिल शाहको शतकको मद्दतमा मधेश प्रदेशले प्रधानमन्त्री कप २०२४ अन्तर्गत गण्डकी प्रदेश विरुद्ध विशाल योगफल खडा गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३३५ रन बनाएको हो ।

यो योगफल जारी संस्करणको सबैभन्दा उच्च योगफल समेत हो । यसअघि मधेशले नै सुदुरपश्चिम विरुद्ध सर्वाधिक ३१९ रन बनाएको थियो ।

मधेशका लागि अनिलले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १२४ रनको शतकीय इनिङ खेले । उनले १०४ बलमा शतक पुरा गरेका थिए । यसै प्रतियोगितामा उनले कोशी र सुदूरपश्चिम विरुद्ध राम्रो इनिङ खेलेपछि शतक बनाउनबाट चुकेका उनी बागमती प्रदेशका आशुतोष घिराइयालाई उछिन्दै प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको तालिकामा शीर्ष स्थानमा उक्लिएका छन् । जारी प्रतियोगितामा यो आठौं शतक पनि हो भने मधेशका लागि दोस्रो शतक हो ।

मधेशले सुरुवाती ब्याटर तथा कप्तान हरिशंकर शाहलाई दोस्रो ओभरको पहिलो बलमा नै गुमाएको थियो । २ रन बनाएको अवस्थामा उनी कृष्ण पौडेलको बलमा सन्दिप पराजुलीद्वारा क्याच आउट भएका थिए ।

अनिल र मयन यादव मिलेर दोस्रो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए । मयन ४४ बलमा २७ रन बनाएर २०औं ओभरमा आउट भएका थिए । चौथो नम्बरमा आएका पवन सर्राफ ३८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाएर सन्दिपकै बलमा क्याच आउट भए ।

त्यसपछि आउट हुने ब्याटर अनिल थिए । ३८औ ओभरमा कमल परियारको बलमा कृश ऐरको हातबाट उनी क्याच आउट भएका थिए ।  रुपेश सिंह ३५ बलमा ३२ रन बनाएर रन आउट भए ।

अरनिको यादवले विष्फोटक इनिङ खेल्दै ३४ बलमा ५ चौका र ३ छक्का सहित ६४ रनमा अविजित रहे ।  यस्तै अर्कोतर्फ अभिषेक तिवारी १९ बलमा २७ रनमा नटआउट रहे ।

गण्डकीका लागि सन्दिप पराजुलीले १० ओभरमा ५१ रन दिँदै २ विकेट लिए । यस्तै कमल परियारले १० ओभरमा ४१ रन खर्चेर १ विकेट लिँदा कृष्ण पौडेलले १० ओभरमा ११७ रन खर्चेर १ विकेट नै लिए । कृष्ण पिएम कप इतिहासमा एकै इनिङमा सबैभन्दा बढी रन खर्चने बलर समेत बनेका हुन् ।

मदेश ७ खेलमा ८ अंक सहित तालिकाको पाचौ स्थानमा छ । गण्डकी भने ५ खेलमा ४ अंक सहित आठौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने