राष्ट्रिय सभा निर्वाचनः सकियो कर्णालीमा मतदान

राष्ट्रिय सभा निर्वाचनः सकियो कर्णालीमा मतदान : Icon Khabar

सुर्खेत, माघ ११ । देशभरका सात वटै प्रदेशमा बिहीबार राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान जारी छ। तर, तीन सदस्यका लागि कर्णाली प्रदेशमा भएको मतदान भने सकिएको छ।

प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको थियो। कर्णाली प्रदेशमा प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कर्णालीमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन् भने एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2024
Website | + posts


ताजा
अमेरिकाको ड्रेक प्यासेजमा ७.५ म्याग्निच्युडको भूकम्प
शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू