प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै : Icon Khabar

काठमाडौं, माघ ११ । जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज (बिहीबार) तीन खेल हुँदैछन् । आज भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुँदैछ । त्यस्तै अर्को खेल टीयू मैदानमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच हुँदैछ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशले ५ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर दोस्रो तथा त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी बागमती प्रदेशले आफ्ना ७ खेलमा ८ अंक हासिल गर्दै चौथो र मधेश प्रदेशले आफ्ना ७ खेलमा ८ अंकसहित पाँचौं स्थानमा रहेका छन् । त्यस्तै कर्णाली प्रदेश ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ भने एपीएफ ५ खेलमा ४ अंकसहित सातौं स्थानमा रहेको छ ।

त्यस्तै गण्डकी प्रदेशले ५ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ४ खेलमा एक जित र ३ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न