प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै : Icon Khabar

काठमाडौं, माघ ११ । जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज (बिहीबार) तीन खेल हुँदैछन् । आज भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुँदैछ । त्यस्तै अर्को खेल टीयू मैदानमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच हुँदैछ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशले ५ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर दोस्रो तथा त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी बागमती प्रदेशले आफ्ना ७ खेलमा ८ अंक हासिल गर्दै चौथो र मधेश प्रदेशले आफ्ना ७ खेलमा ८ अंकसहित पाँचौं स्थानमा रहेका छन् । त्यस्तै कर्णाली प्रदेश ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ भने एपीएफ ५ खेलमा ४ अंकसहित सातौं स्थानमा रहेको छ ।

त्यस्तै गण्डकी प्रदेशले ५ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ४ खेलमा एक जित र ३ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

Published Date: 25 January 2024


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली