आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ ११ । आज मिति २०८० माघ ११ गते बिहीबार, तद्अनुसार २५ जनवरी २०२४ । आज पौष शुल्क पूर्णिमा, श्री स्वस्थानी ब्रत कथा प्रारम्भ, माघ स्नान, पूर्णिमा ब्रत, आज सूर्योदय बिहान ६ः५३ बजे, सूर्यास्त साँझ १७ः३८ बजे ।

मेष: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

वृष: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । परिवार तथा साथीहरुसंग समय प्रसन्नतापूर्वक बित्ने छ ।

मिथुन: व्ययवृद्धिबाट तनाव हुनेछ । व्यापारमा बढी ध्यान दिनु पर्नेछ । जोखिम नउठाउनु होला ।

कर्कट: कष्ट, भय, चिंता तथा तनावको वातावरण बन्न सक्छ । जीवनसाथीप्रति आभारी हुनु हुनेछ । लाभमा वृद्धि हुनेछ ।

सिंह: प्रगति गर्ने अवसर प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । व्यवसाय औषत चल्ने छ ।

कन्या: यात्रा सफल रहने छ । शारीरिक कष्ट हुनसक्छ । नयाँ योजना बन्ने छ ।

तुला: अप्रत्याशित खर्च बढ्ने छ । अपेक्षित कार्यमा विलम्ब हुनसक्छ । प्रेम–प्रसंगमा हतार नगर्नु होला ।

वृश्चिक: लामो समयदेखि रोकिएको पैसा प्राप्त हुने योग छ । यात्रा लाभदायक रहने छ । जागिरमा कार्यको प्रशंसा हुनेछ ।

धनु: कसैको कुरामा नबहकिनु होला । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अचानक लाभको योग छ ।

मकर: परिवारका आवश्यकताहरुका लागि व्यस्तता बढ्ने छ । अरुको झगडामा नगर्नु होला । लगानी गर्ने समय होइन ।

कुम्भ: जोखिमपूर्ण कार्य नगर्नु होला । शारीरिक कष्ट सम्भव छ । सुखका साधनहरुमा खर्च गर्दा सोच–विचार गर्नु होला ।

मीन: थोरै प्रयासबाटै काम सफल हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू