आजदेखि स्वस्थानी ब्रत कथा सुरू, भक्तपुरको खोह्रे (हनुमानघाट) मा एक महिने माधवनारायणको ब्रत शुभारम्भ

आजदेखि स्वस्थानी ब्रत कथा सुरू, भक्तपुरको खोह्रे (हनुमानघाट) मा एक महिने माधवनारायणको ब्रत शुभारम्भ : Icon Khabar

भक्तपुर, माघ ११ । आजदेखि स्वस्थानी ब्रत कथा सुरू भएको छ। भक्तपुरको खोह्रे (हनुमानघाट) मा एक महिने माधवनारायणको ब्रत शुभारम्भ भएको छ।

पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म चल्ने ब्रत नै स्वस्थानी ब्रत कथा हो । हुन त यो ब्रत साँखु स्थित शालीनदीमा पनि चल्ने गर्दछ । तर यहाँको ब्रत साँखुको भन्दा पुरानो रहेको मानिन्छ र यसको छुट्टै महत्व रहेको छ । टौमढि स्थित तील माधवनारायणलाई टौमढिबाट खोह्रे ल्याएर एक महिना सम्म पुजा गरि ब्रतालुहरुले दिनको एक छाक मात्र भोजन गरी ब्रत बस्ने गर्दछ ।

यस महिना भरि घर घरबाट माधव नारायणको दर्शन गर्नको लागि “मार हवानेगु” भने प्रचलन पनि रहेको छ । जसमा टोलका एक अगुवाले एक गीत गाएर सबैलाई जगाई खोह्रे लाग्ने गर्दछ । त्यस्तै यस अवधी भरी बिहान सबेरै देखि व्रत स्थलको अगाडी रहेको त्रिबेणीमा जलसं (जल आसन) बस्ने गर्दछ ।

जलसं बस्दा पानी भित्र सम्पूर्ण शरीर डुबाई केबल टाउको मात्र निकालेर ब्राम्हण पुरोहितद्वारा मन्त्र स्तुति गरुन्जेल शंख फुक्ने गर्दछ भने ब्रतालुहरु नमस्कार गरि रहन्छन । जब मन्त्र स्तुति सकिन्छ सबैले सोही स्थानमा स्नान गरि दिनको प्रारम्भ गर्दछ । यसरी जलसं बस्न अगाडी कोहि “सिनमं तुलेगु” गरि आउने गर्दछ भने कोहि “दुंदायगु” गरि आउने गर्दछ ।

सिनमं तुलेगु भन्नाले कुनै निस्चित स्थानबाट गुल्टेर यस त्रिबेणी घाटमा आईपुग्नु हो भने दुंदायगु भन्नाले आफ्नो शरीरले बाटो नाप्नुलाई भनिन्छ । समय समयमा व्रतलुहरुलाई पनौती, पशुपती, चांगुनारायण, शेष नारायण तथा अन्य धार्मिक स्थलमा लग्ने गर्दछ । यसरी लग्ने बेला जुत्ता लगाउन निषेध गरेको हुन्छ भने जलसं बस्ने पुरुषहरुले टाउकोमा १०८ धाराबाट जल प्रवाह गरि रहेको हुन्छ ।

( गणेश रंजितको लेखबाट साभार )

Published Date: 25 January 2024


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल