‘पीएम कप’ मा आज तीन खेल हुँदै

‘पीएम कप’ मा आज तीन खेल हुँदै : Icon Khabar

काठमाडौं, माघ ९ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज (मंगलबार) तीन खेल हुँदैछन् । आज भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लब र त्रिभुवन आर्मीबीच खेल हुँदैछ । त्यस्तै अर्को खेल त्रिवि मैदानमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच हुँदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच हुँदैछ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै बागमती प्रदेश र मधेश प्रदेशले आफ्ना ६–६ खेलमा ८–८ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ ।

त्यस्तै त्रिभुवन आर्मी क्लब र एपीएफको ४–४ खेलमा ४–४ अंकसहित पाँचौं र छैटौं स्थानमा रहेका छन् । त्यस्तै कर्णाली प्रदेश ५ खेलमा ४ अंकसहित सातौं स्थानमा छ भने गण्डकी प्रदेशले ४ खेलमा एक जितसहित २ अंक हासिल गर्दै आठौँ स्थानमा छ । त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ र नवौं स्थानमा छ कोशी प्रदेशले अहिलेसम्म खेलेका ६ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

Published Date: 23 January 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर