ट्रायल दिंदा आफ्नै सवारी साधन प्रयोग गर्न दिन निर्देशन

ट्रायल दिंदा आफ्नै सवारी साधन प्रयोग गर्न दिन निर्देशन : Icon Khabar

काठमाडौं, माघ ८ । राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) दिंदा परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरुलाई निर्देशन दिएको छ ।

परीक्षार्थीहरूले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसबापत प्रशिक्षण केन्द्रहरूले मनोमानी शुल्क उठाउने गरेको भन्ने उजुरीपछि सतर्कता केन्द्रले सातवटै प्रदेश सरकारलाई पत्राचार गरी परीक्षार्थीहरूलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत कुनै पनि नेपाल कानुनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने किसिमका बाध्यात्मक व्यवस्था उल्लेख भएको नदेखिएको हुँदा आम परीक्षार्थीहरुको गुनासो सम्बोधन गर्न ट्रायल दिने परीक्षार्थीहरुलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सोको कार्यान्वयनको जानकारी यस केन्द्रलाई उपलब्ध गराउन मिति २०८०।१०।०५ गतेको सचिवस्तरीय निर्णय बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३८ को (छ) अनुसार निर्देशन दिइएको व्यवहोरा अनुरोध छ,’ सतर्कता केन्द्रको पत्रमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2024
Website | + posts