बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन

बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन : Icon Khabar

ललितपुर, माघ ८ । ललितपुर महानगरपालिकाले बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सो मन्दिर पुनर्निर्माणको बाँकी कामको नेतृत्व गर्दै महानगरपालिकाले यथाशीघ्र काम सम्पन्न गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।

महानगरपालिकाको आइतबार सम्पन्न हिउँदे नगरसभाले पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्ने भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन गरेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए।

महानगरको वडा नं.२२ मा अवस्थित रातो मछिन्द्रनाथको मन्दिर २०७२ वैशाल १२ गतेको भूकम्पले भत्काएको थियो। मन्दिर पुननिर्माण कार्य पुरातत्व विभागको अगुवाईमा भइरहेको थियो।

उपभोक्ता समितिले म्याद थपका लागि पुरातत्व विभागमा पत्राचार गरेको भएपनि लामो समय भइसक्दा समेत म्याद थप भएको छैन।

सांस्कृतिक धरोहरको रुपमा रहेको पुरातात्विक महत्वको मन्दिरलाई त्यत्तिकै अलपत्र छोड्न नहुने ठहर गर्दै महानगरपालिकाले बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको मेयर चिरीबाबु महर्जनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2024
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू