बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन

बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन : Icon Khabar

ललितपुर, माघ ८ । ललितपुर महानगरपालिकाले बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सो मन्दिर पुनर्निर्माणको बाँकी कामको नेतृत्व गर्दै महानगरपालिकाले यथाशीघ्र काम सम्पन्न गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।

महानगरपालिकाको आइतबार सम्पन्न हिउँदे नगरसभाले पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्ने भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन गरेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए।

महानगरको वडा नं.२२ मा अवस्थित रातो मछिन्द्रनाथको मन्दिर २०७२ वैशाल १२ गतेको भूकम्पले भत्काएको थियो। मन्दिर पुननिर्माण कार्य पुरातत्व विभागको अगुवाईमा भइरहेको थियो।

उपभोक्ता समितिले म्याद थपका लागि पुरातत्व विभागमा पत्राचार गरेको भएपनि लामो समय भइसक्दा समेत म्याद थप भएको छैन।

सांस्कृतिक धरोहरको रुपमा रहेको पुरातात्विक महत्वको मन्दिरलाई त्यत्तिकै अलपत्र छोड्न नहुने ठहर गर्दै महानगरपालिकाले बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको मेयर चिरीबाबु महर्जनले बताए।

Published Date: 22 January 2024
ताजा
डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ पार, अरू कति?
मनसुनी वायुको प्रभाव कायमै: आज धेरैजसो भूभागमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न