रुस नियन्त्रित युक्रेनी शहरमा बमबारी, २७ जनाको मृत्यु, २५ घाइते

रुस नियन्त्रित युक्रेनी शहरमा बमबारी, २७ जनाको मृत्यु, २५ घाइते : Icon Khabar

काठमाडाैँ, माघ ८ । रुसको नियन्त्रणमा रहेको युक्रेनी शहरमा भएको बम आक्रमणमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । डोनेट्स्क शहरको उपनगर टेकस्टिलहिकमा आइतबार बिहान हमला गरिएको जनाइएको छ । डोनेट्स्कमा रुसद्वारा नियुक्त शीर्ष अधिकारी डेनिस पुसिलिनले आक्रमणमा २७ को मृत्यु भएको र अन्य कम्तिमा २५ जना घाइते भएको बताएका छन् । युक्रेनी सेनाले आक्रमण गरेको उनको भनाई छ ।

युक्रेनले यस विषयमा भने कुनै पनि टिप्पणी गरेको छैन । घटनास्थलमा आकस्मिक सेवाका कर्मचारीले उद्धार कार्य जारी राखेको पुसिलिनले बताए । यस्तै रुसको किगीसेप बन्दरगाहमा रहेको टर्मिनलमा दुई वटा विष्फोटनपछि आगलागी भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले उक्त बन्दरगाहमा युक्रेनी ड्रोनले आक्रमण गरेको र ग्यास ट्याङ्की विस्फोट भएको र आगो फैलाएको बताएको छ ।

Published Date: 22 January 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?