रुस नियन्त्रित युक्रेनी शहरमा बमबारी, २७ जनाको मृत्यु, २५ घाइते

रुस नियन्त्रित युक्रेनी शहरमा बमबारी, २७ जनाको मृत्यु, २५ घाइते : Icon Khabar

काठमाडाैँ, माघ ८ । रुसको नियन्त्रणमा रहेको युक्रेनी शहरमा भएको बम आक्रमणमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । डोनेट्स्क शहरको उपनगर टेकस्टिलहिकमा आइतबार बिहान हमला गरिएको जनाइएको छ । डोनेट्स्कमा रुसद्वारा नियुक्त शीर्ष अधिकारी डेनिस पुसिलिनले आक्रमणमा २७ को मृत्यु भएको र अन्य कम्तिमा २५ जना घाइते भएको बताएका छन् । युक्रेनी सेनाले आक्रमण गरेको उनको भनाई छ ।

युक्रेनले यस विषयमा भने कुनै पनि टिप्पणी गरेको छैन । घटनास्थलमा आकस्मिक सेवाका कर्मचारीले उद्धार कार्य जारी राखेको पुसिलिनले बताए । यस्तै रुसको किगीसेप बन्दरगाहमा रहेको टर्मिनलमा दुई वटा विष्फोटनपछि आगलागी भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले उक्त बन्दरगाहमा युक्रेनी ड्रोनले आक्रमण गरेको र ग्यास ट्याङ्की विस्फोट भएको र आगो फैलाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2024
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)