प्रधानमन्त्री कप : कर्णाली ७८ रनमा अलआउट

प्रधानमन्त्री कप : कर्णाली ७८ रनमा अलआउट : Icon Khabar

काठमाडाैँ, माघ ८ । प्रधानमन्त्री कप २०२४ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी खेलमा कर्णाली प्रदेश मात्र ७८ रनमा अलआउट भएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको कर्णाली २४.२ ओभरमा अलआउट भयो । बागमतीका लागि बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले ५ विकेट लिँदै शीर्षक्रम धराशायी पारे । कर्णालीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका अर्जुन घर्तीले सर्वाधिक २३ रनको योगदान दिए ।

रिजन ढकालले आफ्नो पहिलो स्पेलमा कर्णालीको सुरुवाती ४ विकेट लिएपछि बागमतीले बलियो सुरुवात पाएको थियो । इनिङको दोस्रो ओभरमा दीपेन्द्र रावत १ रन जोड्दै बोल्ड भए । लगत्तै रिजनको अर्को ओभरमा कप्तान रविन्द्र शाही पनि ३ रनमा बोल्ड हुँदै पेभेलियन फर्किए ।

रिजनले छैटौं ओभरमा ६ रन जोडेका विपिन शाहीलाई एलबीडब्लु धरापमा परे भने दशौं ओभरमा आदित्य शाह १ रनमा बोल्ड भए ।

त्यसपछि बागमतीका स्पिनरले लग्गातर विकेट पतन जारी राखे । ११ औं ओभरमा दिवान पुन खाता नखोली सूर्य तामाङबाट बोल्ड भए । १६ औं ओभरमा निश्चल रावलले विपिन आचार्यकै बलमा क्याच फिर्ता दिए । हिमांशु शाही ६ रन जोड्दै क्रिजन गुरुङको बलमा क्याच आउट भए ।

२३ औं ओभरमा दिनेश अधिकारी खाता नखोल्दै क्रिजनको एल्बीडब्लु धरापमा परे । २३ रन जोडेका अर्जुन घर्ती २४ औं ओभरमा रिजनबाट एलबीडब्लु आउट भए । २५ औं ओभरमा राजेश खड्का ३ रन जोड्दै प्रतिस जिसीको बलमा बोल्ड भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2024
Website | + posts




ताजा
सामाजिक सुरक्षा कोषमा हालसम्म रु ९४ अर्ब रकम जम्मा
नागढुंगा सुरुङ मार्ग सञ्चालन गर्न सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान
सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने