प्रधानमन्त्री कप : कर्णाली ७८ रनमा अलआउट

प्रधानमन्त्री कप : कर्णाली ७८ रनमा अलआउट : Icon Khabar

काठमाडाैँ, माघ ८ । प्रधानमन्त्री कप २०२४ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी खेलमा कर्णाली प्रदेश मात्र ७८ रनमा अलआउट भएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको कर्णाली २४.२ ओभरमा अलआउट भयो । बागमतीका लागि बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले ५ विकेट लिँदै शीर्षक्रम धराशायी पारे । कर्णालीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका अर्जुन घर्तीले सर्वाधिक २३ रनको योगदान दिए ।

रिजन ढकालले आफ्नो पहिलो स्पेलमा कर्णालीको सुरुवाती ४ विकेट लिएपछि बागमतीले बलियो सुरुवात पाएको थियो । इनिङको दोस्रो ओभरमा दीपेन्द्र रावत १ रन जोड्दै बोल्ड भए । लगत्तै रिजनको अर्को ओभरमा कप्तान रविन्द्र शाही पनि ३ रनमा बोल्ड हुँदै पेभेलियन फर्किए ।

रिजनले छैटौं ओभरमा ६ रन जोडेका विपिन शाहीलाई एलबीडब्लु धरापमा परे भने दशौं ओभरमा आदित्य शाह १ रनमा बोल्ड भए ।

त्यसपछि बागमतीका स्पिनरले लग्गातर विकेट पतन जारी राखे । ११ औं ओभरमा दिवान पुन खाता नखोली सूर्य तामाङबाट बोल्ड भए । १६ औं ओभरमा निश्चल रावलले विपिन आचार्यकै बलमा क्याच फिर्ता दिए । हिमांशु शाही ६ रन जोड्दै क्रिजन गुरुङको बलमा क्याच आउट भए ।

२३ औं ओभरमा दिनेश अधिकारी खाता नखोल्दै क्रिजनको एल्बीडब्लु धरापमा परे । २३ रन जोडेका अर्जुन घर्ती २४ औं ओभरमा रिजनबाट एलबीडब्लु आउट भए । २५ औं ओभरमा राजेश खड्का ३ रन जोड्दै प्रतिस जिसीको बलमा बोल्ड भए ।

Published Date: 22 January 2024
ताजा
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च करिब ६० प्रतिशत
तिलक वर्माको आक्रामक ब्याटिङ: मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पश्चिमी र स्थानीय वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना




ट्रेन्डिङ
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य