पाकिस्तानविरुद्ध न्युजिल्यान्डको लगातार जित

पाकिस्तानविरुद्ध न्युजिल्यान्डको लगातार जित : Icon Khabar

काठमाडौँ, माघ ५ । मध्यक्रमका ब्याटर ग्लेन फिलिप्स र डर्याल मिचेलको चौथो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरेपछि शुक्रबार घरेलु टोली न्युजिल्यान्डले चौथो टि-२० आईमा पाकिस्तानलाई ७ विकेटले हराएको छ । जितको लागि १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

न्युजिल्यान्डलाई जिताउन २०-३ बाट उकास्दै चौथो विकेटका लागि मिचेल र फिलिप्सले कीर्तिमानी अविजित शतकीय साझेदारी गरे । उनीहरूले ९३ बलमा १ सय ३९ रनको साझेदारी गरे । यो न्युजिल्यान्डबाट टि-२० आईमा चौथो विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि सन् २०१७ मा बंगलादेशसँगको खेलमा केन विलियम्सन र कोरी एन्डरसनले टि-२० आईमा चौथो विकेटका १ सय २४ रनको साझेदारी गरेका थिए । ग्लेन फिलिप्स ५ चौका र ३ छक्कासहित ७० रनमा र डर्याल मिचेल ७ चौका र २ छक्कासहित ७२ रनमा नट आउट रहे ।

पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ६३ बलमा ६ चौका र २ छक्कासहित ९० रनको नटआउट इनिङ खेलेका थिए ।

न्युजिल्यान्डका म्याट हेनरीले र लोकी फर्गुसनले समान २ विकेट लिए । एडम मिल्नेले १ विकेट लिए। पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ । पाकिस्तानसँगको ५ खेलको सिरिजमा न्युजिल्यान्ड ४-० ले अगाडि छ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 January 2024
Website | + posts