पाकिस्तानविरुद्ध न्युजिल्यान्डको लगातार जित

पाकिस्तानविरुद्ध न्युजिल्यान्डको लगातार जित : Icon Khabar

काठमाडौँ, माघ ५ । मध्यक्रमका ब्याटर ग्लेन फिलिप्स र डर्याल मिचेलको चौथो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरेपछि शुक्रबार घरेलु टोली न्युजिल्यान्डले चौथो टि-२० आईमा पाकिस्तानलाई ७ विकेटले हराएको छ । जितको लागि १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

न्युजिल्यान्डलाई जिताउन २०-३ बाट उकास्दै चौथो विकेटका लागि मिचेल र फिलिप्सले कीर्तिमानी अविजित शतकीय साझेदारी गरे । उनीहरूले ९३ बलमा १ सय ३९ रनको साझेदारी गरे । यो न्युजिल्यान्डबाट टि-२० आईमा चौथो विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि सन् २०१७ मा बंगलादेशसँगको खेलमा केन विलियम्सन र कोरी एन्डरसनले टि-२० आईमा चौथो विकेटका १ सय २४ रनको साझेदारी गरेका थिए । ग्लेन फिलिप्स ५ चौका र ३ छक्कासहित ७० रनमा र डर्याल मिचेल ७ चौका र २ छक्कासहित ७२ रनमा नट आउट रहे ।

पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ६३ बलमा ६ चौका र २ छक्कासहित ९० रनको नटआउट इनिङ खेलेका थिए ।

न्युजिल्यान्डका म्याट हेनरीले र लोकी फर्गुसनले समान २ विकेट लिए । एडम मिल्नेले १ विकेट लिए। पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ । पाकिस्तानसँगको ५ खेलको सिरिजमा न्युजिल्यान्ड ४-० ले अगाडि छ।–एजेन्सी

Published Date: 19 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास