पीएम कप क्रिकेट : कोशीको लगातार पाँचौ हार

पीएम कप क्रिकेट : कोशीको लगातार पाँचौ हार : Icon Khabar

काठमाडौँ, माघ ५ । प्रधानमन्त्री कप २०२४ अन्तर्गत कोशी प्रदेशले लगातार पाँचौ हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार बागमती प्रदेशले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा कोशीलाई ६४ रनले हराएको हो ।

जितका लागि २७४ रनको लक्ष्य पछ्याएको कोशी ४७ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय ९ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए । त्यस्तै अंकित सुवेदीले ५३ रनको योगदान दिए । बागमतीका इशान पाण्डेले ५ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले बागमतीले ४८ दशमलव ३ ओभरमा अलआउट हुदै २ सय ७३ रन जोड्यो । बागमतिका आशुतोष घिरैयाले १ सय १८ रनको योगदान दिएका थिए । कोशीका लागि अभ्यास तिम्सिनाले ३ विकेट लिए । जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोशी प्रदेश लगातार पाँचौ हार व्यहोर्दै तालिकाको पुछारमा रहेको छ ।

राउण्ड रोविन लिग फम्र्याटमा भइरहेको प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

Published Date: 19 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास