काठमाडौँ, माघ ५ । नेपालका सपिङ्ग प्लेटफर्महरुको अग्रणी, दराजले आफ्ना ग्राहकमहानुभावहरुलाई सहज, सरल, र सुरक्षित किनमेल सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि डेलिभरी फेस्टिभल’ नामक कार्यक्रम सार्वजनिक गरेको छ ।
दराजले पहिलो पटक ल्याएको यो कार्यक्रममा ग्राहकहरुले निःशूल्क डेलिभरी, ७०% सम्मको मेगा डिल्स, रु १,००० सम्मको मेगा भाउचर, रु १,००० सम्मको प्रिपेमेन्ट छुट साथै अरु थुप्रै अफरहरु प्राप्त गर्न सक्छन् । माघ ९ गते देखि सुरु हुने उत्त कार्यक्रममा फेसन, लाइफस्टाइल, व्यूटी जस्ता विभिन्न विधाका सामानहरु खरिद गर्न सकिन्छ ।
२०२३मा महङ्गी ७.८४ % पुगेको थियो, जुन २०२१ को ३.६%मा ४.२४ प्रतिशतको विद्धि हो । यसले गर्दा नेपालका व्यवसायहरुको ढुवानी शूल्क बढयो फलस्वरुप उपभोक्ताहरुलाई पनि अनलाइन किनमेल महङ्गो हुन गयो । यहि कुरालाई मध्य नजर गर्दै दराजले यो कार्यक्रम ल्याएको हो ।
फ्रि डेलिभरी फेस्टिभलले खरिदकर्ताहरुलाई घर देखि बजार सम्मको दोहोरो यात्रा गर्न नपर्ने र घरमै सामान आउने व्यवस्था गरेर अधिक्तम बचत गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । यो कायक्रममा दराजले काठमाडौं र मूख्य शहरहरुमा मात्र नभएर ग्रामीण क्षेत्रहरुका सीमान्तकृत समुदायहरुमा पनि सेवा विस्तार गर्न राष्ट्रव्यापी डेलिभरी सेवा प्रदन गर्नेछ ।
२०२३को डिसेम्बर महिनामा मात्र दराजका आधा ग्राहकहरुले निःशूल्क डेलिभरी सेवाको लाभ लिएका थिए जुन २०२३ जनवरीको तुलनामा ५००% धेरै हो । दराजसंग आवद्ध विक्रेताहरुले निःशूल्क डेलिभरी सेवालाई एउट औजारको रुपमा लिएर आफ्नो व्यापार व्यवसाय बढाउन पनि सक्छन् । विगतको तथ्याङ्क केलाउने हो भने दराजले निःशूल्क डेलिभरी सेवा प्रदान गर्दा विक्रेताहरुको आयमा ७५ % को विद्धि भएको देखिन्छ ।
दराजका प्रमुख परिचालन अधिकृत, विमल अर्याल भन्छन्“हाम्रो प्लेटफर्ममा उपलब्ध विविध विधाका लाखौं सामानहरु ग्राहकहरुलाई समयमै सुपथ मूल्यमा प्रदान गर्ने हाम्रो मूख्य उदेश्य हो । अहिलेको फ्रि डेलिभरी फेस्टिभल पनि यहि उदेश्यको एक अंश हो हामी संग आवद्ध साझेदारहरु, दक्ष जनशक्ति, निविन्तम प्रविधि, र कमचारीहरुको कर्मनिष्ठाले गर्दा हामीलाई पूर्वमा काँकडभिट्टा देखि पश्चिममा महेन्द्रनगर सम्म वितरण संजाल विस्तार गर्ने हाम्रो यो उद्देश्य पूरा गर्न सजिलो हुन्छ ।
साथै हामी अहिलेको आवश्यक्ता अनुसार डेलिभरी सेवा पनि सुधार गर्दै आएका छौं र गर्नेछौं जसले गर्दा हाम्रा ग्राहकहरुले निकै राम्रो झन्झट रहित सेवा प्राप्त गर्दै आएका छन् ।”
२०२४ को पहिलो कार्यक्रम फ्रि डेलिभरी फेस्टिभलमा बैंक कार्ड वा डिजिटल वालेटबाट अग्रिम भुक्तानी गरेमा विशेष छुटका साथै अरु थुप्रै अफरहरु प्राप्त गर्न सक्छन् । कम्पनीको अनुसार ग्राहकहरुले डेबिटकार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गरेमा १५% रु ७५० सम्म साथै क्रेडिट कार्ड प्रयोग गरेमा २०% रु १,००० सम्मको छुट प्राप्त गर्ने छन् ।
दराजको बारेमा
सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एशियाकै अग्रणी ई कमर्स प्लेटफर्म हो । हाल दराजका सेवाहरु नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरी ५ देशहरुमा उपलब्ध छ । ५० करोड जनसंख्या भएको क्षेत्रमा विश्वस्तरीय प्रविधि द्वारा ६५०,०० भन्दा धेरै विक्रेताहरुलाई जोड्दै दराजले फेसन, खेलकुद, सौन्दर्य, देखि घरायसी सामान सम्मका उत्पादनहरु बिक्री गर्दै आएको छ ।
साथै, दराज एक्सप्रेस र दराज पे मार्फत, दराजले बजारमा सबैभन्दा प्रभावकारी र डिजिटलाइज्ड लजिस्टिक र भुक्तानी पूर्वाधार सञ्चालन गर्दछ। दराजको भिजन भनेको २०३० सम्ममा ५ करोड उपभोक्ता र व्यवसायहरुलाई सेवा प्रदान गर्दै दक्षिण एसियाको च्याम्पियन बन्ने हो ।
Published Date: 19 January 2024
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1