नेपालमा सामसङ एस२४ सिरिजको प्रि-अर्डर सुरु

नेपालमा सामसङ एस२४ सिरिजको प्रि-अर्डर सुरु : Icon Khabar

काठमाडौं, माघ ५ । सामसङ ग्यालेक्सी एस२४ सिरिजको प्रि-अर्डर नेपालमा पनि खुलेकाे छ । सामसङ नेपालले शुक्रवारदेखि एस२४ सिरिज अन्तर्गतका सबै मोडेलको प्रि-अर्डर खुलाएको हो ।

एआई फिचरले चर्चित सामसङ ग्यालेक्सी एस२४ सिरिजको चर्चा विश्वव्यापी रूपमा भइरहेको छ । विशेषगरी इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रान्सलेसनको सुविधा दिइएको यो सिरिजका फोन त्यस्तै अन्य एआई फिचरले भरिएका छन् ।

त्यसबाहेक पछिल्लो समय बजारमा आएका आईफोन १५, पिक्सेल ८ तथा ह्वावे मेट ६० सिरिजका फोनसँग एस२४ सिरिजले प्रतिस्पर्धा गर्ने अनुमान गरिएकाे छ ।

एस२४ सिरिज अन्तर्गत तीन मोडेल एस२४, एस२४ प्लस र एस२४ अल्ट्रा सार्वजनिक भएको छ । नेपाली बजारमा यो सिरिजका फोन विभिन्न चार ओटा भेरियन्टमा खरिद गर्न सकिनेछ ।

कम्पनीका अनुसार नेपालमा एस२४ अल्ट्रा दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसअन्तर्गत १२ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टकाे मूल्य एक लाख ८४ हजार ९९९ रुपैयाँ र १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टाेरेज भेरियन्टकाे मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै एस२४ प्लस मोडेल अन्तर्गत ८ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट उपलब्ध हुनेछ । यसको मूल्य एक लाख ४२ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै ८ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध एस२४ को मूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ राखिएको छ ।

ग्राहकले २५६ जीबी इन्टर्नल स्टोरेज भएको भेरियन्ट प्रि-अर्डर गर्दा डबल मेमोरी र बड्स एफई निःशुल्क पाउनेछन् । त्यस्तै ट्याब ए८ एलटीई (४+६४ जीबी) २५ हजार रुपैयाँमै खरिद गर्न पाउनेछन् ।

त्यस्तै प्लस र बेस मोडेलको एस२४ खरिद गर्दा बड्स एफई चार हजार रुपैयाँमा खरिद गर्न सकिनेछ ।

यी बाहेक प्रि-अर्डर गर्ने पहिलो ५०० ग्राहकले एनसेलको प्रिमियम नम्बर पाउनेछन् । यसमा प्रतिदिन ७० मिनेट अल-नेट भ्वाइस, ७०० एमबी डेटा, ७० एसएमएस पाउन । सिममा छ महिनासम्म यस्ताे सुविधा पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ सिरिज ईएमआईमा खरिद गर्न सक्ने सुविधा पनि ल्याएको छ । यस अनुसार ग्राहकले एक घण्टाभित्र शून्य प्रतिशत ब्याजदरमा यो फोन खरिद गर्न सक्नेछन् ।

एक वर्षका लागि एक पटकको ब्रेकेज इन्सुरेन्स सुविधा पनि थपिएको छ । आफ्नो फोन अपग्रेड गर्न चाहनेका लागि फोन एक्सचेन्जको सुविधा पनि दिइएको छ । यो अफर माघ २३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

नेपालमा फोन कहिले सार्वजनिक हुन्छ भन्नेबारे कम्पनीले स्पष्ट जानकारी दिइसकेको छैन ।

Published Date: 19 January 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी