सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमण : कम्तीमा नौं जनाको मृत्यु

सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमण : कम्तीमा नौं जनाको मृत्यु : Icon Khabar

काठमाडौं, माघ ५ । सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा नौं जनाको मृत्यु भएको छ । जोर्डनका लडाकु विमानहरूले बिहीवार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा नौं जनाको मृत्यु भएको जनाइएको छ ।

दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान–श्रीमती, उनीहरुका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । एक जना वृद्ध महिला बेपत्ता रहेको बताइएको छ ।

सोही स्थानमा भएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित अन्य तीन जनाको गएको छ । जोर्डनले सक्रिय रूपमा सिरिया–जोर्डन सीमा क्षेत्रमा रहेको स्वीडामा लागुऔषध तस्करहरूलाई लक्षित गर्दै आएको छ ।- एजेन्सी

Published Date: 19 January 2024




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक