भीड नियन्त्रणमा घातक हतियारको प्रयोग गर्नुको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

भीड नियन्त्रणमा घातक हतियारको प्रयोग गर्नुको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश : Icon Khabar

काठमाडौं, माघ ४ । सर्वोच्च अदालते भीड तथा दंगा नियन्त्रणमा घातक हतियारको प्रयोग गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश डा. कुमार चुडालको इजलासले दंगा र भीड नियन्त्रणमा घातक हतियार प्रयोग भएको रिट निवेदनमाथि लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

शान्तिपूर्ण रुपमा हुने प्रदर्शन, भीड र दंगाहरुमा सु्रक्षाकर्मीले घातक हतियार प्रयोग गरी नागरिकको ज्यान गएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

उनले घातक हतियारमा रोक लगाउन आदेशको माग गरेका छन् । अनि शान्तिपूर्ण प्रदर्शनमा धातुको गोली (मेटल बुलेट) प्रयोगमा रोक लगाउनुपर्ने आदेश हुनुपर्ने भनेका छन् । विहीबार उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी भएको हो ।

Published Date: 18 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास