भीड नियन्त्रणमा घातक हतियारको प्रयोग गर्नुको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

भीड नियन्त्रणमा घातक हतियारको प्रयोग गर्नुको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश : Icon Khabar

काठमाडौं, माघ ४ । सर्वोच्च अदालते भीड तथा दंगा नियन्त्रणमा घातक हतियारको प्रयोग गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश डा. कुमार चुडालको इजलासले दंगा र भीड नियन्त्रणमा घातक हतियार प्रयोग भएको रिट निवेदनमाथि लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

शान्तिपूर्ण रुपमा हुने प्रदर्शन, भीड र दंगाहरुमा सु्रक्षाकर्मीले घातक हतियार प्रयोग गरी नागरिकको ज्यान गएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

उनले घातक हतियारमा रोक लगाउन आदेशको माग गरेका छन् । अनि शान्तिपूर्ण प्रदर्शनमा धातुको गोली (मेटल बुलेट) प्रयोगमा रोक लगाउनुपर्ने आदेश हुनुपर्ने भनेका छन् । विहीबार उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2024
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता