जाजरकोट अस्पतालमा डाक्टरलाई तलबभत्ता बाहेक थप एक लाख मासिक भत्ता दिइने

जाजरकोट अस्पतालमा डाक्टरलाई तलबभत्ता बाहेक थप एक लाख मासिक भत्ता दिइने : Icon Khabar

काठमाडौं, माघ ४ । भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरलाई तलबभत्ता बाहेक थप एक लाख भत्ता दिइने भएको छ। अस्पतालमा नवौं तहका कन्सलटेन्ट डाक्टरलाई करारमा नियुक्त गर्दै तलबभत्ता र थप एक लाख भत्ता पनि दिइन लागिएको हो।

विशेषज्ञ डाक्टरलाई ‘नेपाल मेड नेपाल’ नामक संस्थाले प्रति महिना तलब भत्ता बाहेक थप एक लाख भत्ता दिने भएको हो। उक्त भत्ता करारका चिकित्सकलाई अहिले एक वर्षका लागि उपलब्ध गराइने बताइएको छ। नेपाल मेड नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जर्मनीको संस्था हो।

जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक सेवा करारमा राख्ने सूचना प्रकाशित गरेको थियो।

उक्त सूचना अनुसार करारमा काम गर्न जाने डाक्टरहरूलाई संस्थाले एक लाख भत्ता दिने अस्पताल विकास समिति जाजरकोटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2024
Website | + posts