जाजरकोट अस्पतालमा डाक्टरलाई तलबभत्ता बाहेक थप एक लाख मासिक भत्ता दिइने

जाजरकोट अस्पतालमा डाक्टरलाई तलबभत्ता बाहेक थप एक लाख मासिक भत्ता दिइने : Icon Khabar

काठमाडौं, माघ ४ । भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरलाई तलबभत्ता बाहेक थप एक लाख भत्ता दिइने भएको छ। अस्पतालमा नवौं तहका कन्सलटेन्ट डाक्टरलाई करारमा नियुक्त गर्दै तलबभत्ता र थप एक लाख भत्ता पनि दिइन लागिएको हो।

विशेषज्ञ डाक्टरलाई ‘नेपाल मेड नेपाल’ नामक संस्थाले प्रति महिना तलब भत्ता बाहेक थप एक लाख भत्ता दिने भएको हो। उक्त भत्ता करारका चिकित्सकलाई अहिले एक वर्षका लागि उपलब्ध गराइने बताइएको छ। नेपाल मेड नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जर्मनीको संस्था हो।

जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक सेवा करारमा राख्ने सूचना प्रकाशित गरेको थियो।

उक्त सूचना अनुसार करारमा काम गर्न जाने डाक्टरहरूलाई संस्थाले एक लाख भत्ता दिने अस्पताल विकास समिति जाजरकोटले जनाएको छ।

Published Date: 18 January 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय