अब सरकारले उत्तर–दक्षिण राजमार्ग निर्माणमा ध्यान दिन्छ: मन्त्री ज्वाला

अब सरकारले उत्तर–दक्षिण राजमार्ग निर्माणमा ध्यान दिन्छ: मन्त्री ज्वाला : Icon Khabar

काठमाडौँ, माघ ४ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार उत्तर–दक्षिण राजमार्ग निर्माणको काममा केन्द्रित हुने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबारको बैठकमा मन्त्री ज्वालाले पूर्व–पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको बताउँदै अब सरकारको प्राथमिकता उत्तर–दक्षिण राजमार्गमा केन्द्रित हुने बताए ।

मन्त्री ज्वालाले उत्तर-दक्षिण राजमार्गहरूले व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने जानकारी दिए ।

Published Date: 18 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास