अब सरकारले उत्तर–दक्षिण राजमार्ग निर्माणमा ध्यान दिन्छ: मन्त्री ज्वाला

अब सरकारले उत्तर–दक्षिण राजमार्ग निर्माणमा ध्यान दिन्छ: मन्त्री ज्वाला : Icon Khabar

काठमाडौँ, माघ ४ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार उत्तर–दक्षिण राजमार्ग निर्माणको काममा केन्द्रित हुने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबारको बैठकमा मन्त्री ज्वालाले पूर्व–पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको बताउँदै अब सरकारको प्राथमिकता उत्तर–दक्षिण राजमार्गमा केन्द्रित हुने बताए ।

मन्त्री ज्वालाले उत्तर-दक्षिण राजमार्गहरूले व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2024
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु