भारतलाई १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सम्झौता देशको हितविपरीत छ: सांसद सुवाल

भारतलाई १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सम्झौता देशको हितविपरीत छ: सांसद सुवाल : Icon Khabar

भक्तपुर, माघ ४ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नपाको व्यवस्थापनमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई २०५८ सालमा ख्वप इन्जिनियरिङ कलेज र त्रिभुवन विश्वविद्यालयबाट २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङको स्थापना गरिएको बताउँदै कलेजहरुबाट प्रदान भइरहेको प्राविधिक शिक्षाले युवाहरुलाई आत्मनिर्भर बनाउनुका साथै देशलाई आर्थिक हिसाबले अगाडि बढाउन मद्दत पुर्याउने बताए।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङमा स्नातकमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रममा कलेज स्थापनाको उद्देश्यमाथि प्रष्ट पार्दै देश विकासमा राजनीतिक नेतृत्व र दूरदर्शी सोचले धेरै ठूलो भूमिका खेल्ने बताए।

उनले नेपालस्थित भारतीय राजदूतावासले नेपालमा २० करोड रुपैयाँसम्मको परियोजना सञ्चालन गर्न पाउने सम्झौता नेपालको सार्वभौमिकता र स्वतन्त्रताको विरुद्ध रहेको बताउँदै उक्त सम्झौता तत्काल खारेज गर्न नेपाल मजदुर किसान पार्टीले जोड दिँदै आएको बताए।

नेपाली भूमि डुबान पर्ने गरी भारतले नेपालको सीमामाथि गरिरहेको अतिक्रमण निन्दनीय भएको बताउँदै उनले भारतलाई १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सम्झौता पनि देश हितविपरीत भएको प्रष्ट पारे।

सांसद सुवालले नेपालको हितविपरीत भएका कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, मुगु कर्णाली, अरुण तेस्रो, पश्चिम सेतीलगायतका भारतसँग भएका सन्धि सम्झौता खारेज गरी नेपालकै लगानीमा पर्याप्त जलविद्युत उत्पादन गरी नेपाली जनताको लागि घरेलु प्रयोजन, उद्योग कलकारखाना, कृषिलगायतमा पुग्दो बिजुली सस्तोमा उपलब्ध गराउनुपर्नेमा जोड दिए।

संसारमा तेस्रो विश्वयुद्धको खतरा निम्तिएको बताउँदै उनले अमेरिकी साम्राज्यवाद र इजरायली फासीवादले प्यालेष्टाइनी जनतामाथि गरिरहेको नरसंहार र भूमि कब्जा अविलम्ब रोक्नुपर्ने धारणा राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 18 January 2024
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता