कुनै पनि देशको सुरक्षा सम्झौता नेपालले स्वीकार गर्दैन: परराष्ट्रमन्त्री साउद

कुनै पनि देशको सुरक्षा सम्झौता नेपालले स्वीकार गर्दैन: परराष्ट्रमन्त्री साउद : Icon Khabar

काठमाडौं, माघ ३ । परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन् । युगाण्डाको कामपालामा असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री साउदले कुनै पनि देशको सुरक्षा सम्झौता नेपालले स्वीकार नगर्ने बताएका हुन् ।

‘हामी कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैनौं र कुनै पनि देशको सुरक्षा सम्झौताको हिस्सा हुन पनि स्वीकार गर्दैनौं,’ बैठकमा सम्बोधन गर्ने क्रममा मन्त्री साउदले भने, ‘हामी सधैं स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छौं ।’

आगामी ५ र ६ माघमा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा भाग लिन युगान्डाको राजधानी कम्पाला पुगेका साउदले विश्वव्यापी समृद्धिका लागि गहिरो साझेदारी हुनुपर्ने बताए । ‘नाम’ एक स्वतन्त्र र शक्तिशाली राजनीतिक आवाज बनेको भन्दै झण्डै सात दशकको यात्रामा यो संगठन साझा मूल्यहरूको बारेमा सचेत रहेको समेत धारणा राखे ।

असंलग्न आन्दोलन संगठित भएको ७ दशकमा सदस्यराष्ट्रहरू साझा मूल्यप्रति सचेत रहेको भन्दै त्यसैले एकताबद्ध गरेको धारणा साउदले राखे । यस अवधिमा सदस्य राष्ट्रहरूले सधैँ राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आत्मनिर्णय, पारस्परिक सम्मान र लाभसाथै अन्तर्राष्ट्रिय सम्बन्धमा शान्ति, सद्भाव, समानता, मर्यादा र न्यायको खोजी गर्को उनको भनाइ थियो ।

रसिया–युक्रेन युद्ध र प्यालेस्टाइन–इजरायल युद्धतर्फ संकेत गर्दै साउदले विश्वले खराब परिस्थितिको सामना गरिरहेको बताए । उनले कोरोना महामारी, जलवायु परिवर्तन, युद्ध, मूल्यवृद्धि, मुद्रास्फीति र आर्थिक ऋण वर्तमान विश्वका लागि चुनौती भएको समेत उल्लेख गरे ।

उनले आगामी दिनमा नामले बहुपक्षीयता प्रवर्द्धन गर्न, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्न, विवादहरूको शान्तिपूर्ण समाधान खोज्न, विश्वव्यापी वित्तीय संरचना सुधार गर्न, साझा समृद्धिका लागि न्यायपूर्ण विश्वव्यापी आर्थिक व्यवस्था सिर्जना गर्न निर्णायक भूमिका खेल्नुपर्ने बताए ।

असंलग्न आन्दोलनका सदस्य मुलुकहरूको अध्यक्षता सन् २०२२ देखि युगान्डाले गरिरहेको छ ।

Published Date: 17 January 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता