राष्ट्रिय सभा निर्वाचनका लागि आयोगद्वारा मतदाताको परिचयपत्र सम्बन्धमा निर्देशन जारी

राष्ट्रिय सभा निर्वाचनका लागि आयोगद्वारा मतदाताको परिचयपत्र सम्बन्धमा निर्देशन जारी : Icon Khabar

काठमाडौं, माघ ३ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाताको परिचयपत्र सम्बन्धमा निर्देशन जारी गरेको छ ।

आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार मतदाताको पहिचानका लागि निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने कुनै प्रमाण कागजात लिएर मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ ।

निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्यहरू प्रदेश सभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक परिचयपत्रको आधारमा मतदान गराउन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

Published Date: 17 January 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता