तपाईको धारामा मेलम्चीकाे खानेपानी आएन ? यी नम्बरमा सम्पर्क गर्नुस्

तपाईको धारामा मेलम्चीकाे खानेपानी आएन ? यी नम्बरमा सम्पर्क गर्नुस् : Icon Khabar

काठमाडौँ, माघ ३ । सरकारले सोमबारदेखि पुनः काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण गरेको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समान रूपमा निरन्तर उपभोक्ताको धारामा पानी वितरण गर्न निर्देशन दिएका छन्।

सरकारले दिएको निर्देशन कार्यान्वयन गराउन खानेपानी मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ । सोही अनुसार मेलम्ची खानेपानी वितरणसम्बन्धी समस्या समाधान गर्न बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी नम्बरसमेत सार्वजनिक गरेको छ ।

मेलम्चीको खानेपानी धारा जडान नभएमा या जडान भएका धारामा पानी नआएमा यी नम्बरमा सिधा सम्पर्क राखी कार्यान्वयन गराउन लगाउनु पर्ने सूचनामा उल्लेख छ ।

यी हुन सम्पर्क नम्बर:

संयोजकः पदम बहादुर कुँवर
सी.डी.ई. मेलम्ची खानेपानी विकास समिति ९८५१३२४११०

सदस्य: उमेशबाबु मरहट्ठा, उप प्रबन्धक, के. यु. के. एल. ९८४१३५१५८५

सदस्य: विकेश बधानथ्याचे, सी.डी.ई. आयोजना कार्यान्वयन निर्देशनालय ९८०३०६२३६२

सदस्य: दीपेश ढकाल के.यु.के.एल. ९८६०७४४६९६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 January 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने