तपाईको धारामा मेलम्चीकाे खानेपानी आएन ? यी नम्बरमा सम्पर्क गर्नुस्

तपाईको धारामा मेलम्चीकाे खानेपानी आएन ? यी नम्बरमा सम्पर्क गर्नुस् : Icon Khabar

काठमाडौँ, माघ ३ । सरकारले सोमबारदेखि पुनः काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण गरेको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समान रूपमा निरन्तर उपभोक्ताको धारामा पानी वितरण गर्न निर्देशन दिएका छन्।

सरकारले दिएको निर्देशन कार्यान्वयन गराउन खानेपानी मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ । सोही अनुसार मेलम्ची खानेपानी वितरणसम्बन्धी समस्या समाधान गर्न बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी नम्बरसमेत सार्वजनिक गरेको छ ।

मेलम्चीको खानेपानी धारा जडान नभएमा या जडान भएका धारामा पानी नआएमा यी नम्बरमा सिधा सम्पर्क राखी कार्यान्वयन गराउन लगाउनु पर्ने सूचनामा उल्लेख छ ।

यी हुन सम्पर्क नम्बर:

संयोजकः पदम बहादुर कुँवर
सी.डी.ई. मेलम्ची खानेपानी विकास समिति ९८५१३२४११०

सदस्य: उमेशबाबु मरहट्ठा, उप प्रबन्धक, के. यु. के. एल. ९८४१३५१५८५

सदस्य: विकेश बधानथ्याचे, सी.डी.ई. आयोजना कार्यान्वयन निर्देशनालय ९८०३०६२३६२

सदस्य: दीपेश ढकाल के.यु.के.एल. ९८६०७४४६९६

Published Date: 17 January 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर