सेयरबजारमा दोहोरो अङ्कको करेक्सन, २७ महिना यताकै उच्च कारोबार

सेयरबजारमा दोहोरो अङ्कको करेक्सन, २७ महिना यताकै उच्च कारोबार : Icon Khabar

काठमाडौँ, माघ ३ । मङ्गलबार  ५४.५४ अङ्कले बढेर बन्द भएको सेयरबजार आज भने १२.१ अङ्कले घटेर २१६३.०६ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ८ अर्ब दुई करोड ३८ लाख ६२ हजार चार सय ६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार आठ सय ६८ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा ग्लोबल आएमई लघुवित्त, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा भूगोल इनर्जी, इस्टर्न हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी, दोल्ती हाइड्रो र राप्ती हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घट्यो ।

Published Date: 17 January 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर