सेयरबजारमा दोहोरो अङ्कको करेक्सन, २७ महिना यताकै उच्च कारोबार

सेयरबजारमा दोहोरो अङ्कको करेक्सन, २७ महिना यताकै उच्च कारोबार : Icon Khabar

काठमाडौँ, माघ ३ । मङ्गलबार  ५४.५४ अङ्कले बढेर बन्द भएको सेयरबजार आज भने १२.१ अङ्कले घटेर २१६३.०६ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ८ अर्ब दुई करोड ३८ लाख ६२ हजार चार सय ६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार आठ सय ६८ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा ग्लोबल आएमई लघुवित्त, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा भूगोल इनर्जी, इस्टर्न हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी, दोल्ती हाइड्रो र राप्ती हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 January 2024




ताजा
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न
गएरातिदेखि मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र क्षेत्रमा हिमपात
रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध
प्रतिनिधिसभा सदस्य उम्मेदवारले अहिले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान