विदेश जाने नेपालीलाई विमानस्थलमा दिइने सास्ती तत्काल बन्द गर्नुस: प्रधानमन्त्री दाहाल

विदेश जाने नेपालीलाई विमानस्थलमा दिइने सास्ती तत्काल बन्द गर्नुस: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँगको छलफलमा उनले त्यस्तो निर्देशन दिएका हुन्।

छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न भनेका छन्।

प्रधानमन्त्री प्रचण्डले भने, “भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु, गराउनुहोला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला ।”

प्रधानमन्त्री प्रचण्डले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न र राष्ट्र र जनताको हितमा काम गर्नसमेत सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

Published Date: 17 January 2024
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
काठमाडौं–१ मा ‘घन्टी’को दबदबा: रास्वपाकी रञ्जु दर्शनाको जित लगभग निश्चित, प्रतिस्पर्धी धेरै पछाडि
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो