काठमाडौं, माघ २ । सेयर बजार साढे ५४ अंकले वृद्धि भएको छ । मंगलबार ५४.५४ अंकले वृद्धि भएको सेयर बजार २१७५.१७ विन्दुमा आएर बन्द भएको छ ।
यसदिन ३०४ वटा कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रूपैयाँको कारोबार भएको छ । यसदिन २१४ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर छ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटेको छ। त्यसका साथै बैंकहरुले शेयर धितोमा कर्जा प्रवाह गरिरहेका छन्। जसका कारण अहिले बजार बढेको जानकारहरु बताउँछन्।
Published Date: 16 January 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news