रुसी सेनामा कार्यरत लमजुङका साजन गुरुङको मृत्यु

रुसी सेनामा कार्यरत लमजुङका साजन गुरुङको मृत्यु : Icon Khabar

काठमाडौं, माघ २ । रुसी सेनामा भर्ना भएका लमजुङका अर्का युवाको मृत्यु भएको छ। लमजुङ दूधपोखरी गाउँफालिका-१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए।

गुरुङका अनुसार उनको मृत्युको खबर चार-पाँच दिनअघि आएको हो। वैदेशिक रोजगारीमै रहेका उनका भाइ कुमारले साजनको मृत्युको खबर पठाएका थिए।

गुरुङका अनुसार साजन तीन-चार महिनाअघि मात्रै रुसी सेनामा गएका थिए। उनी के कसरी रुसी सेनामा पुगे भन्नेबारे खोजी थालिएको वडाध्यक्ष गुरुङले बताए।

साजनको मृत्युको खबर पाएपछि परिवारले काजकिरिया समेत गरेका छन्। पुस २९ गते नै परिवारले छोराको काजकिरिया सकेको वडाध्यक्ष गुरुङले बताए। साजनका बुवा-आमा, श्रीमती र एक छोरा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 January 2024
Website | + posts