दीपेन्द्र र अर्जुनको राम्रो ब्याटिङमा पुलिसको सहज जित

दीपेन्द्र र अर्जुनको राम्रो ब्याटिङमा पुलिसको सहज जित : Icon Khabar

काठमाडौं, माघ २ । कप्तान दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङ र अर्जुन साउदको अर्धशतकमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ७ विकेटले हराएको छ । पुलिसको लगातार दोस्रो जित र कोशीको तेस्रो हार हो ।

जितको लागि १ सय ६७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा अर्जुन साउद ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा नट आउट रहे ।

दीपेन्द्रसिंह ऐरी १७ बलमा ४ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे । दीलिप ना ३१ बलमा २ चौका र १ छक्कासहित ३१, कुशल भुर्तेल १२ र सुनिल धमलाले १६ रन बनाए । कोशीका बायाँ हाते तीव्र गतिका बलर कमल खत्रीले ७ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । सोनु मण्डलले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४८.२ ओभरमा १ सय ६६ रनमा अल भएको थियो । कोशीका बायाँ हाते ब्याटर सुजन थपलियाले १ सय २६ बलमा ६ चौका र ८ छक्कासहित १ सय ५ रनको सानदार शतकीय इनिङ खेलेपनि एकल प्रदर्शन जितको लागि पर्याप्त हुन सकेन ।

Published Date: 16 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास