दीपेन्द्र र अर्जुनको राम्रो ब्याटिङमा पुलिसको सहज जित

दीपेन्द्र र अर्जुनको राम्रो ब्याटिङमा पुलिसको सहज जित : Icon Khabar

काठमाडौं, माघ २ । कप्तान दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङ र अर्जुन साउदको अर्धशतकमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ७ विकेटले हराएको छ । पुलिसको लगातार दोस्रो जित र कोशीको तेस्रो हार हो ।

जितको लागि १ सय ६७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा अर्जुन साउद ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा नट आउट रहे ।

दीपेन्द्रसिंह ऐरी १७ बलमा ४ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे । दीलिप ना ३१ बलमा २ चौका र १ छक्कासहित ३१, कुशल भुर्तेल १२ र सुनिल धमलाले १६ रन बनाए । कोशीका बायाँ हाते तीव्र गतिका बलर कमल खत्रीले ७ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । सोनु मण्डलले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४८.२ ओभरमा १ सय ६६ रनमा अल भएको थियो । कोशीका बायाँ हाते ब्याटर सुजन थपलियाले १ सय २६ बलमा ६ चौका र ८ छक्कासहित १ सय ५ रनको सानदार शतकीय इनिङ खेलेपनि एकल प्रदर्शन जितको लागि पर्याप्त हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 January 2024
Website | + posts




ताजा
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने