विद्यालयमा खुवाइने दिवा खाजामा सरकारको असंवेदनशीलताले विद्यार्थी विभिन्न रोगको शिकार हुन बाध्य : डा अरुणा उप्रेती

विद्यालयमा खुवाइने दिवा खाजामा सरकारको असंवेदनशीलताले विद्यार्थी विभिन्न रोगको शिकार हुन बाध्य : डा अरुणा उप्रेती : Icon Khabar
फाईल फोटो

भक्तपुर, माघ ७ । पोषणविज्ञ डा. अरुणा उप्रेतिले आज भक्तपुरमा भएको एक कार्यक्रममा अस्पतालमा कार्यरत नर्सको आफ्ना बच्चालाई भएको कुपोषणले पारेको नकारात्मक प्रभावको अनुभव बताउँदै महिला स्वास्थ्य र पत्रु खानाको विषयमा आफ्नो अभियानको बारेमा चर्चा गरिन्।

उनले नेपाली समाजमा भएका समयबजी, योमरी, क्वाटी लगायत विभिन्न जातिगत एवं मौलिक परम्परागत खाद्य परिकार नै वैज्ञानिक रुपमा स्वस्थर सन्तुलित खाना भएको बताउँदै चाउचाउ, विस्कुट, कुरकुरे, पिजा लगायत तयारी खाजा र खानाले एकछिनको भोक मेटिँदा भविष्यमा विभिन्न किसिमका शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउने बताइन् ।

सोही कार्यक्रममा उनले बजारमा विभिन्न खाद्य परिकारको विज्ञापन झुठको पुलिण्डा भएको बताउँदै नेपाली भान्साको प्रयोग नयाँ पुस्तामा हस्तान्तरण गरेमा पत्रु खानाको प्रयोग गर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिन्।

उक्त कार्यक्रममा विदेशी दातृ राष्ट्रको सहयोगले संचालन भएको सामूदायिक विद्यालयमा दिवा खाजा कार्यक्रममा सरकारको असंवेदनशीलताले विद्यार्थी विभिन्न रोगको शिकार हुने प्रति सजग गराउँदै अभिभावक, शिक्षक तथा विद्यायलका प्रअ दिवा खाजालाई पोषिलो र सन्तुलित बनाउन सल्लाह र छलफलमा आवश्यक सहयोग गर्ने बताइन् ।

Published Date: 21 January 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी