किपाःग्राफी भक्तपुरको आठौँ साधारणसभा तथा चौथौं अधिवेशन सम्पन्न

सुरेशराज शाक्य बने नयाँ अध्यक्ष

किपाःग्राफी भक्तपुरको आठौँ साधारणसभा तथा चौथौं अधिवेशन सम्पन्न : Icon Khabar

भक्तपुर, पुस २७ । “सम्पदा संरक्षणका लागि फोटोग्राफी” भन्ने मुल नाराका साथ स्थापना भएको किपाःग्राफी भक्तपुरको आठौँ साधारणसभा तथा चौथौं अधिवेशन शुक्रबार भक्तपुरमा सम्पन्न भएको छ ।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जोशीले फोटोग्राफीको महत्व र उपयोगिता बृहत भएको बताईन् ।

२०७२ सालको महाभूकम्पपछि भक्तपुरका धेरै पुरातात्विक सम्पदाहरुमा क्षति पुगेको र पुरानै शैलीमा पुननिर्माण गर्न अनेक ठाउँंबाट फोटो खोजेको तर भेटाउन नसकेको र सोहि कारण फोटोग्राफीको महत्व रहेको कुरा उनले सुनाईन् ।

कार्यक्रममा संघका सल्लाहकार बलराम प्रजापति, काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरिप्रसाद घिमिरे, इन्फिनिटी फोटो वल्र्डकी अध्यक्ष कृष्णश्वरी दुवाललगायतले फोटोग्राफीको महत्वबारे चर्चा गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष पदमसुन्दर शाक्य, सचिव जयराम प्रजापति, सहसचिव बालकृष्ण प्रजापतिलगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा संघमा आबद्ध रहेर विभिन्न फोटोग्राफी प्रतियोगितामा विजयी हुन सफल फोटोग्राफरहरुलाई सम्मान गरिएका थियो ।

किपाःग्राफी भक्तपुर २०७२ सालको महाभूकम्पपछि २६ जनाको संयुक्त पहलमा स्थापना भएको संस्था हो। आजको कार्यक्रममा किपाःग्राफी भक्तपुरका पूर्व अध्यक्ष अच्युत प्रजापति, फोटोग्राफर शरद राईलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

आजै सम्पन्न चौथौं अधिवेशन मार्फत वरिष्ठ फोटोग्राफर सुरेशराज शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ। त्यसैगरी उपाधय्क्षमा उज्वोल चन्द्र बुद्धाचार्य, सचिवमा बाल कृष्ण प्रजापति, सह सचिवमा सुनिल लागे, कोषाध्यक्षमा श्री राम लाखा, सदस्यहरुमा सम्ब्रदा बज्राचार्य, रविता किसी, अमन गणेजु, संदेश दुमरु मिलेर नयाँ कार्यसमिति गठन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
Published Date: 12 January 2024
Website | + posts