नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन आजबाट

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन आजबाट : Icon Khabar

कैलाली । रेशम चौधरीले जेलबाट संरक्षक रहेर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आज (बिहीबार) देखि हुँदैछ । कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ । बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरु सहभागी हुनेछन् । तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुने संरक्षक चौधरीको दाबी छ । नेताहरूका अनुसार अब चौधरी आफै पार्टीको अध्यक्ष बन्ने तयारीमा छन् । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ ।

विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ । ०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सीट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो राजनीतिक दल हो । टीकापुर घटनापछि जेल परेका संरक्षक चौधरीले जेलबाटै श्रीमती चौधरीलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए । अध्यक्ष चौधरी चुनाव जितेर अहिले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री समेत छिन् ।

Published Date: 11 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास