उत्तरगया धाममा पुसे औंसी नुहाउने र श्राद्ध गर्नेहरूको भीड

उत्तरगया धाममा पुसे औंसी नुहाउने र श्राद्ध गर्नेहरूको भीड : Icon Khabar

 रसुवा, पुस २६ । – रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगया धाममा आज बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेहरूको भीड लागेको छ ।

त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरू दिवंगत भएका आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्छन् । उत्तरगया क्षेत्रमा टाढा टाढा देखि श्राद्ध गर्न आएका हजारौं भक्तजनहरूको बिहानै देखि भीड लागेको हो ।

स्वर्गीय बाबु आमा तथा आफन्तको नाममा भक्तजनहरूले अहिले नदी किनारमा श्राद्ध गरिरहेका छन् । पितृको नाममा श्राद्ध गर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको छ । भारतको गया जान नसकेका श्रद्धालुहरू नेपालको यही ठाउँमा आएर श्राद्ध गर्ने गर्छन् ।

यस स्थानमा आएर परलोक भएका आफ्ना बाबु आमाको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृमोक्ष प्राप्त गरी स्वर्ग जाने जनविश्वास रहिआएको छ ।

Published Date: 11 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास