रियल म्याड्रिड सुपर कपको‌ फाइनलमा

रियल म्याड्रिड सुपर कपको‌ फाइनलमा : Icon Khabar

काठमाडौं, पुस २६ । रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनल प्रवेश गरको छ । अतिरिक्त समयमा पुगेको खेलमा बुधबार एटलेटिको म्याड्रिडलाई ५–३ ले पराजित गर्दै रियल फाइल पुगेको हो ।

निर्धारित समयको खेल ३–३ को बराबरी टुंगिएपछि थप समयमा रियलको‌ खातामा २ गोल थपिएको थियो। दुबै टोलीबाट समान १ आत्मघाती गोल भएको थियो।

एन्टोनिओ रुडिगर, फेर्लान्ड मेन्डी, डानी कार्भाजाल र ब्राहिम डियाजले रियलका लागि समान १ गोल गरेका थिए। एट्लेटिकोका लागि मारिओ हेर्मोसो र एन्टोनिइ ग्रिजम्यानले गोल गरेका थिए ।  एट्लेटिकोका स्टेफन सभिच र रियलका रुडिगरले आत्मघाती गोल गरेका थिए।

छैटौं मिनेटमा सेभिचको गोलबाट एट्लेटिको खेलमा अगाडि लागेको थियो। २० औं मिनेटमा रुडिगरले बराबरी र मेन्डीले २९ औं मिनेटमा गोल गरेपछि रियलले अग्रता बनाएको थियो। त्यो पनि लामो समय टिक्न सकेन । ३७ औं मिनेटमा ग्रिजमनले बराबरी गोल गरेका थिए।

रुडिगरको आत्मघाती गोलमा ७८ औं मिनेटमा एट्लेटिकोले दोस्रो पटक खेलमा अग्रता लिएको थियो। कार्भाजालले ८५ औं मिनेटमा बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएका थिए।

३० मिनेट थप समयको अन्त्यतिर नतिजा रियलको पक्षमा गएको थियो। थप समयको २६ औं मिनेटमा सभिचले आत्मघाती गोल गरे भने इन्ज्युरी समयको दोस्रो मिनेटमा डियाजले रियलका लागि पाँचौं गोल गरेका थिए।

त्योसँगै रियल पछिल्ला २० खेलमा अपराजित रहेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा बार्सिलोना र ओसासुना भिड्ने छन् । फाइनल आइतबार हुनेछ ।–एजेन्सी

Published Date: 11 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास