मंगलबार नेप्से परिसूचक २०.६२ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक २०.६२ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, पुस २४ । मंगलबार नेप्से परिसूचक २०.६२ अंक बढेर २०८०.१२ विन्दुमा पुगेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०९ स्टकको १ लाख ४ हजार पटकको कारोबारमा ६ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ७९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज पनि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २१ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज निफ्राको साढे १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सोल्टी होटलको कारोबार रकम साढे १७ करोड नाघेको छ।

Published Date: 09 January 2024
ताजा
डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ पार, अरू कति?
मनसुनी वायुको प्रभाव कायमै: आज धेरैजसो भूभागमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न