माइतीघरबाट डा गोविन्द केसी पक्राउ

माइतीघरबाट डा गोविन्द केसी पक्राउ : Icon Khabar

काठमाडौं, पुस २४ । प्रहरीले माइतीघरबाट वरिष्ठ अर्थोपेडिक सर्जन तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसहित केहीलाई पक्राउ गरेको छ ।

डा गोविन्द केसी र अर्का कार्यकर्ता पवन थापालाई प्रहरीले मंगलबार दिउँसो माइतीघर मण्डलाबाट पक्राउ गरेको हो । उनीहरुलाई अहिले सिंहदरबार प्रहरी कार्यालयमा राखिएको छ ।

चिकित्सा शिक्षा सुधार र पहुँचको माग गर्दै लामो समयदेखि आमरण अनशनरत डा केसीलाई निषेधित क्षेत्रमा धर्ना दिएपछि प्रहरीले पक्राउ गरेको हो । ‘हामीले शान्तिपूर्ण आन्दोलन गरेका थियौं, तर प्रहरीले पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा ल्यायो’, थापाले भने ।

डा केसी र थापाले माइतीघरलाई निषेधित क्षेत्र नबनाउन र नागरिकले गुनासो पोख्न पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । काठमाडौंको स्थानीय प्रशासनले माइतीघर क्षेत्रलाई कुनै पनि प्रकारका आन्दोलनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 January 2024
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो