माइतीघरबाट डा गोविन्द केसी पक्राउ

माइतीघरबाट डा गोविन्द केसी पक्राउ : Icon Khabar

काठमाडौं, पुस २४ । प्रहरीले माइतीघरबाट वरिष्ठ अर्थोपेडिक सर्जन तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसहित केहीलाई पक्राउ गरेको छ ।

डा गोविन्द केसी र अर्का कार्यकर्ता पवन थापालाई प्रहरीले मंगलबार दिउँसो माइतीघर मण्डलाबाट पक्राउ गरेको हो । उनीहरुलाई अहिले सिंहदरबार प्रहरी कार्यालयमा राखिएको छ ।

चिकित्सा शिक्षा सुधार र पहुँचको माग गर्दै लामो समयदेखि आमरण अनशनरत डा केसीलाई निषेधित क्षेत्रमा धर्ना दिएपछि प्रहरीले पक्राउ गरेको हो । ‘हामीले शान्तिपूर्ण आन्दोलन गरेका थियौं, तर प्रहरीले पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा ल्यायो’, थापाले भने ।

डा केसी र थापाले माइतीघरलाई निषेधित क्षेत्र नबनाउन र नागरिकले गुनासो पोख्न पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । काठमाडौंको स्थानीय प्रशासनले माइतीघर क्षेत्रलाई कुनै पनि प्रकारका आन्दोलनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

Published Date: 09 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास