सन् २०२३ मा विदेशिए १६ लाख ३ हजार भन्दा धेरै नेपाली

सन् २०२३ मा विदेशिए १६ लाख ३ हजार भन्दा धेरै नेपाली : Icon Khabar

काठमाडौँ, पुस २४ । अध्यागमन विभागले सन् २०२३ मा १६ लाख ३ हजार भन्दा धेरै नेपाली विदेशिएको बताएको छ । विभागका अनुसार ७० हजार ९१५ जनाले भने स्थायी रुपमा नै विदेश बस्नका लागि देश छोडेका हुन् ।

स्थायी बसोबासका लागि देश छोड्नेहरूमा पुरुषको संख्या ३६ हजार ६६३ जना र महिलाहरूको संख्या ३४ हजार २५१ जना रहेका छन्।

सोमबार अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकमा सन् २०२३ मा विभिन्न उद्देश्यले विदेश प्रस्थान गरेका नेपाली नागरिकहरूको विवरण रहेको छ । जस अन्तर्गत रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका लागि भन्दै नेपालीहरू विदेशिएका छन् ।

विभागका अनुसार अस्थायी बसोबासका लागि भन्दै ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन् । तीमध्ये ५१ हजार ८७६ जना पुरूष रहेका छन् भने ४० हजार ४६८ जना महिला रहेका छन् ।

यसैगरी, रोजगारी प्रयोजनका लागि विदेशिने नेपालीहरुको संख्या ८ लाख ८ हजार ४१५ जना छन् । जसमा ७ लाख २३ हजार ७८९ जना पुरुष र ८४ हजार ६०४ जना जना महिला रहेका छन् ।

विभागको तथ्यांक अनुसार सन् २०२३ मा अध्ययन गर्न १ लाख ८ हजार ५४२ जना विदेश प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 January 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन