सन् २०२३ मा विदेशिए १६ लाख ३ हजार भन्दा धेरै नेपाली

सन् २०२३ मा विदेशिए १६ लाख ३ हजार भन्दा धेरै नेपाली : Icon Khabar

काठमाडौँ, पुस २४ । अध्यागमन विभागले सन् २०२३ मा १६ लाख ३ हजार भन्दा धेरै नेपाली विदेशिएको बताएको छ । विभागका अनुसार ७० हजार ९१५ जनाले भने स्थायी रुपमा नै विदेश बस्नका लागि देश छोडेका हुन् ।

स्थायी बसोबासका लागि देश छोड्नेहरूमा पुरुषको संख्या ३६ हजार ६६३ जना र महिलाहरूको संख्या ३४ हजार २५१ जना रहेका छन्।

सोमबार अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकमा सन् २०२३ मा विभिन्न उद्देश्यले विदेश प्रस्थान गरेका नेपाली नागरिकहरूको विवरण रहेको छ । जस अन्तर्गत रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका लागि भन्दै नेपालीहरू विदेशिएका छन् ।

विभागका अनुसार अस्थायी बसोबासका लागि भन्दै ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन् । तीमध्ये ५१ हजार ८७६ जना पुरूष रहेका छन् भने ४० हजार ४६८ जना महिला रहेका छन् ।

यसैगरी, रोजगारी प्रयोजनका लागि विदेशिने नेपालीहरुको संख्या ८ लाख ८ हजार ४१५ जना छन् । जसमा ७ लाख २३ हजार ७८९ जना पुरुष र ८४ हजार ६०४ जना जना महिला रहेका छन् ।

विभागको तथ्यांक अनुसार सन् २०२३ मा अध्ययन गर्न १ लाख ८ हजार ५४२ जना विदेश प्रस्थान गरेका छन् ।

Published Date: 09 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास