युक्रेनमा रूसी क्षेप्यास्त्र आक्रमण, देशव्यापी हवाई आक्रमणको चेतावनी

युक्रेनमा रूसी क्षेप्यास्त्र आक्रमण, देशव्यापी हवाई आक्रमणको चेतावनी : Icon Khabar

युक्रेन, पुस २४ । (सिन्ह्वा) रूसले युक्रेनविरुद्ध क्षेप्यास्त्र आक्रमण गर्दा सोमबार बिहान युक्रेनका दर्जनौँ सहरमा विस्फोटको आवाज सुनिएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले बताएका छन् ।

युक्रेनको मध्य भागमा रहेको डेनिप्रो र क्राइभी रिह, पूर्वी शहर खार्किभ र दक्षिणी शहर जापोरिजियामा विस्फोट भएको युक्रेनी समाचार निकाय इन्टरफ्याक्सले जनाएको छ ।

पश्चिमी खमेल्निट्स्की क्षेत्रमा हवाई प्रतिरक्षा पनि सक्रिय भएको क्षेत्रीय प्रशासनले टेलिग्राममा जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार रूसले युक्रेनमा ११ टीयू–९५ बमवर्षक विमान र चार मिग–३१ लडाकू विमानमार्फत् आक्रमण गरेको थियो ।

युक्रेनका सैन्य अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले स्थानीय समयअनुसार बिहान छ बजेदेखि यूक्रेनको सम्पूर्ण भागमा हवाई आक्रमणको खतरा रहेको चेतावनी जारी गरिएको जनाएका छन् ।

Published Date: 09 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास