अपर तामाकोशीको लिलामी शेयरमा कहिलेसम्म पेश गर्न सकिन्छ बोलपत्र?

अपर तामाकोशीको लिलामी शेयरमा कहिलेसम्म पेश गर्न सकिन्छ बोलपत्र? : Icon Khabar

काठमाडौँ, पुस २४ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले पुस १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो।

कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्रीमा ल्याएको हो। सो शेयर खरिदका लागि पुस २९ गतेसम्म शिलबन्द बोलपत्र पेश गर्न सकिनेछ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। सो शेयर खरिद गर्न न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतममा कुनै हद तोकिएको छैन।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नागरिक लगानी कोष तथा सनराइज क्यापिटलबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, लक्ष्मी सनराइज बैंकका विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बागलुङ्ग, बुटवल, नेपालगंज, सुर्खेत, धनगढी र चरिकोट शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 January 2024
Website | + posts
ताजा
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू