राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँट, १० वटा नेपाली कांग्रेस र ६ वटा माओवादीलाई

राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँट, १० वटा नेपाली कांग्रेस र ६ वटा माओवादीलाई : Icon Khabar

काठमाडौँ, पुस २२ । राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १९ सिटमध्ये १० मा नेपाली कांग्रेस, ६ वटा नेकपा (माओवादी केन्द्र), दुई वटा नेकपा (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी (जसपा) नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको बताए ।

उनले भने, ‘‘राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरुका बिचमा संयुक्त रुपले उम्मेदवारी दिने विषय टुङ्गो लाग्यो । जम्मा १९ वटा पदका लागि १० वटा स्थानमा नेपाली कांग्रेसले, ६ वटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), २ वटा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको छ । तदनुरुप अहिलेको गठबन्धनले उम्मेदवारी दिनेछ ।’’

प्रमुख सचेतक लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुङ्गो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुङ्गो लगाउने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 January 2024






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न