राष्ट्रियसभा सदस्य निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै : Icon Khabar

काठमाडौं, पुस २२ । राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ।

निर्वाचन आयोगका अनुसार पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएसँगै आज निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुन लागेको हो।

आयोगले भोली पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय तोकेको छ। आगामी माघ ११ मा राष्ट्रिय सभा निर्वाचन हुँदैछ । निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुखहरुले मतदान गर्नेछन्।

Published Date: 07 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास