प्रधानमन्त्रीको निर्देशनपछि त्रिवि उपकुलपतिको दरखास्त विज्ञापन रद्द

प्रधानमन्त्रीको निर्देशनपछि त्रिवि उपकुलपतिको दरखास्त विज्ञापन रद्द : Icon Khabar

काठमाडौं, पुस २२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गर्दै गरेको विज्ञापन रद्द गरेको छ ।

विज्ञापनमा राखिएको त्रिवि पदाधिकारीको अनुभवसम्बन्धी व्यवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै असहमति राखेपछि शिक्षा मन्त्रालयले गत शुक्रबार प्रकाशित विज्ञापन रद्द गरेको हो । उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै त्यसबारे आवश्यक व्यवस्था गरेपछि अर्को सूचना प्रकाशन गर्ने जनाएको छ ।

समितिले प्रकाशन गरेको सूचनामा उपकुलपतिमा आवेदन दिनका लागि विगतमा कुनै एक पदाधिकारी भइसकेको हुनुपर्ने प्रावधान थियो ।

त्यस्तो व्यवस्थाबारे सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको थियो । प्रधानमन्त्री दाहालले सो समितिका संयोजक एवम् शिक्षामन्त्री अशोककुमार राईलाई बोलाएर सूचनामा राखिएको अनुभवसम्बन्धी व्यवस्था हटाउन निर्देशन दिएका थिए । समितिले शनिबार हाललाई सो सूचना नै रद्द गर्ने निर्णय गरेको हो । अब प्रावधान सच्याएर अर्को विज्ञापन प्रकाशन गर्ने समितिले जनाएको छ ।

Published Date: 07 January 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर