बालुवाटारमा सत्तारुढ चार दलको वैठक जारी

बालुवाटारमा सत्तारुढ चार दलको वैठक जारी : Icon Khabar

काठमाडौं, पुस २२ ।  राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक बसिरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा छन् ।

शनिबार मध्यरात सम्पन्न बैठकले बागमती र गण्डकी बाहेकका प्रदेशमा लगभग सहमति जुटाइसकेको छ । यहाँ नेकपा एकीकृतलाई पनि भाग दिनुपर्ने भएकाले अहिले बैठक आह्वान भएको नेताहरुले बताएका छन् । आजको बैठकले सहमति जुटाउने एक नेताले जानकारी दिए ।

हिजो भएको सहमतिअनुसार निर्वाचन हुन लागेका १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक सिट पाउने तय छ । यसमा अरु दल सहमत भए पनि एकीकृत समाजवादीले भने असहमति प्रकट गरेको छ । बैठकमा एसलाई मनाउने प्रयास भइरहेको छ ।

Published Date: 07 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास