पतञ्जलि योगका आचार्य बालकृष्ण र प्रधानमन्त्री दाहालबीच भेटघाट

पतञ्जलि योगका आचार्य बालकृष्ण र प्रधानमन्त्री दाहालबीच भेटघाट : Icon Khabar

काठमाडौँ, पुस १८ । पतञ्जलि योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सरकारका मन्त्रीहरूसँग आज भेटघाट गरेका छन् ।

उनले नेपालको समृद्ध भविष्यको योजनाका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसहित मन्त्री, सांसद, मुख्यसचिव लगायतसँग बृहत् छलफल भएको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा भेटघाटको फोटो पोस्ट गर्दै बालकृष्णले लेखेका छन्, ‘नेपालको समृद्धिमा पतञ्जलिले कसरी योगदान पुर्‍याउन सक्छ भन्ने विषयमा धेरै समसामयिक विषयमा योजनाबद्ध छलफल भएको थियो ।

सबै माननीय सदस्यहरूले पतञ्जलिको प्रयासको प्रशंसा गर्दै नेपालको विकासका लागि मिलेर काम गर्ने धारणा राखेका थिए ।’

Published Date: 03 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग