पतञ्जलि योगका आचार्य बालकृष्ण र प्रधानमन्त्री दाहालबीच भेटघाट

पतञ्जलि योगका आचार्य बालकृष्ण र प्रधानमन्त्री दाहालबीच भेटघाट : Icon Khabar

काठमाडौँ, पुस १८ । पतञ्जलि योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सरकारका मन्त्रीहरूसँग आज भेटघाट गरेका छन् ।

उनले नेपालको समृद्ध भविष्यको योजनाका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसहित मन्त्री, सांसद, मुख्यसचिव लगायतसँग बृहत् छलफल भएको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा भेटघाटको फोटो पोस्ट गर्दै बालकृष्णले लेखेका छन्, ‘नेपालको समृद्धिमा पतञ्जलिले कसरी योगदान पुर्‍याउन सक्छ भन्ने विषयमा धेरै समसामयिक विषयमा योजनाबद्ध छलफल भएको थियो ।

सबै माननीय सदस्यहरूले पतञ्जलिको प्रयासको प्रशंसा गर्दै नेपालको विकासका लागि मिलेर काम गर्ने धारणा राखेका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 January 2024
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट