गठबन्धनको बैठक लगतै बालुवाटार पुगे एमाले अध्यक्ष ओली

गठबन्धनको बैठक लगतै बालुवाटार पुगे एमाले अध्यक्ष ओली : Icon Khabar

काठमाडौँ, पुस १८ । प्रआसन्न राष्ट्रियसभा चुनावका लागि सिट बाँडफाँटबारे सत्ता गठबन्धनसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठक सकिए लगत्तै अहिले ओली बालुवाटार पुगेका हुन् । यसअघि आज बिहान कांग्रेस र माओवादीबीचको छलफलमा एमालेलाई पनि राष्ट्रियसभा चुनावमा समेट्ने कुरा भएको थियो ।

अहिले गठबन्धनमा छलफलपछि एमाले अध्यक्ष बालुवाटार पुग्नुलाई सत्ता गठबन्धन र एमाले मिलेरै राष्ट्रियसभा चुनावमा जाने सम्भवना बढेको छ । फागुनमा रिक्त हुने राष्ट्रियसभाका २० सिटमध्ये १९ सिटका लागि ११ माघमा चुनाव हुँदैछ । यही २३ पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका छ ।

Published Date: 03 January 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता