प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका चार दलको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका चार दलको बैठक जारी : Icon Khabar

काठमाडौँ, पुस १८ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका चार दलको बैठक बसेको छ। बुधबार अपराह्न ३ बजेदेखि बैठक जारी रहेको एक नेताले जानकारी दिए।

सत्ताघटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू बैठकमा सहभागी छन्।

बुधबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पनि बालुवाटारमा छलफल हुँदैछ।

राष्ट्रिय सभा चुनावमा सिट बाँडफाँट, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनेजस्ता विषयमा दलहरू छलफलमा जुटेका छन्। बुधबार बिहान कांग्रेस र माओवादीका शीर्ष नेताहरू बालुवाटारमै छलफल गरेका थिए।

कांग्रेसका तर्फबाट छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक तथा माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनबीच छलफल भएको थियो।

१९ सिटका लागि माघ ११ मा राष्ट्रिय सभा चुनाव हुँदैछ। त्यसका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।

कांग्रेस र माओवादीबीच राष्ट्रिय सभामा एमालेलाई पनि सिट दिनबारे छलफल भएको थियो। साथै सत्ता गठबन्धनभित्र कुन दलले कति सिट लिने भन्नेमा पनि छलफल जारी छ।

Published Date: 03 January 2024






ताजा
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता