प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका चार दलको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका चार दलको बैठक जारी : Icon Khabar

काठमाडौँ, पुस १८ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका चार दलको बैठक बसेको छ। बुधबार अपराह्न ३ बजेदेखि बैठक जारी रहेको एक नेताले जानकारी दिए।

सत्ताघटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू बैठकमा सहभागी छन्।

बुधबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पनि बालुवाटारमा छलफल हुँदैछ।

राष्ट्रिय सभा चुनावमा सिट बाँडफाँट, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनेजस्ता विषयमा दलहरू छलफलमा जुटेका छन्। बुधबार बिहान कांग्रेस र माओवादीका शीर्ष नेताहरू बालुवाटारमै छलफल गरेका थिए।

कांग्रेसका तर्फबाट छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक तथा माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनबीच छलफल भएको थियो।

१९ सिटका लागि माघ ११ मा राष्ट्रिय सभा चुनाव हुँदैछ। त्यसका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।

कांग्रेस र माओवादीबीच राष्ट्रिय सभामा एमालेलाई पनि सिट दिनबारे छलफल भएको थियो। साथै सत्ता गठबन्धनभित्र कुन दलले कति सिट लिने भन्नेमा पनि छलफल जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 January 2024
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट