सन् २०२३ मा विश्वभरमा मारिए ५८ जना पत्रकार

सन् २०२३ मा विश्वभरमा मारिए ५८ जना पत्रकार : Icon Khabar

काठमाडौं, पुस १८ । पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् । गाजाक्षेत्रमा युद्धको त्रासदी कायमै रहँदा पनि गत वर्षको तुलनामा यो संख्या भने कम हो ।

रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा सङ्कलित वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

गाजामा इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि पत्रकारको रूपमा काम गरेका कारण कम्तीमा १३ जना पत्रकार मारिएका छन् । योसहित मारिने पत्रकारको सङ्ख्या ५८ पुगेको हो । गाजा क्षेत्रबाहेक सन् २०२३ डिसेम्बर १ सम्म ४५ जना पत्रकारको ज्यान गएको थियो । यस अवधिमा विश्वभर ५२१ जना पत्रकार बन्दी जीवन बिताइरहेका छन् । यो सन् २०२२ को तुलनामा ८.४ प्रतिशतले कमी हो ।

विश्वव्यापी रूपमा हेर्दा लामो समयदेखि कामको क्रममा वा कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा कमी आएको देखिन्छ।

यसका कारणहरूमा समाचार संस्थामा सुरक्षा उपायहरू अपनाउनु, सुरक्षात्मक उपकरणहरूको तालिम दिनु, पत्रकारले सावधानी अपनाउनु, दण्डहीनताविरुद्धको लडाइँको प्रभाव, अन्तर–सरकारी संस्थाहरूद्वारा गरिने कार्यहरू र गैरसरकारी संस्थाहरूको कामले पनि प्रभाव पारिरहेको प्रतिवेदनमा उल्लेख छ ।

यस अवधिमा कर्तव्यको सिलसिलामा वा कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा समग्र गिरावट आएको छ । विगत पाँच वर्षमा आफ्नो कामको सिलसिलामा मारिएका पत्रकारको सङ्ख्यामा क्रमिक गिरावट आएको हो ।

ल्याटिन अमेरिकामा आफ्नो कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको छ ।

पत्रकारहरूका लागि शान्तिमा रहेका देशभन्दा युद्ध क्षेत्रहरू बढी घातक देखिएका छन् । यो वर्ष युद्ध क्षेत्रमा रिपोर्टिङ गर्ने क्रममा २३ पत्रकार मारिएका छन् । पाँच वर्षमा पहिलो पटक शान्ति क्षेत्रभन्दा युद्ध क्षेत्रमा बढी पत्रकार मारिएका छन् ।

विश्वभरमा सबैभन्दा बढी पत्रकार चीन, बेलारुस र म्यानमारका बन्दीगृहमा राखिएका छन् । चीन फेरि पनि विश्वको सबैभन्दा धेरै पत्रकार बन्दी बनाउने देश बनेको छ । जहाँ १२१ मिडिया पेशेवरहरू बन्दी जीवन बिताइरहेका छन् । यो विश्वभर हिरासतमा परेका पत्रकारहरूको करिब एक चौथाइ हो ।आरएसएफ

Published Date: 03 January 2024
ताजा
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार: २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढ्यो
मन्त्री चौलागाईंद्वारा तातोपानी–खासा नाका जोड्ने अरनिको राजमार्गका जीर्ण खण्डहरूको अवलोकन
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता