युवतीको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘हनी ट्रयाप’, तीन युवक पक्राउ

युवतीको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘हनी ट्रयाप’, तीन युवक पक्राउ : Icon Khabar

पोखरा, पुस १८ । पोखरामा युवतीको नामका नक्कली फेसबुक ‘आइडी’ बनाएर हनी ट्रयाप गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केटीको नामको नक्कली आइडी बनाएर पुरुषहरूलाई हनी ट्रयापमा पारेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकमा साथी बनाएर फोन गर्ने, अश्लिल भिडियोहरू देखाउने र स्क्रिन रेकर्ड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । भिडियो र स्क्रिन रेकर्ड सामाजिक सञ्जालमा पोष्ट गरिदिने भन्दै डर धम्की देखाएर उनीहरूले पैसा असुली गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षीय अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन् । उनीहरूलाई चितवन प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 January 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)