युवतीको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘हनी ट्रयाप’, तीन युवक पक्राउ

युवतीको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘हनी ट्रयाप’, तीन युवक पक्राउ : Icon Khabar

पोखरा, पुस १८ । पोखरामा युवतीको नामका नक्कली फेसबुक ‘आइडी’ बनाएर हनी ट्रयाप गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केटीको नामको नक्कली आइडी बनाएर पुरुषहरूलाई हनी ट्रयापमा पारेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकमा साथी बनाएर फोन गर्ने, अश्लिल भिडियोहरू देखाउने र स्क्रिन रेकर्ड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । भिडियो र स्क्रिन रेकर्ड सामाजिक सञ्जालमा पोष्ट गरिदिने भन्दै डर धम्की देखाएर उनीहरूले पैसा असुली गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षीय अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन् । उनीहरूलाई चितवन प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

Published Date: 03 January 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु