पर्यटन मन्त्रीको आक्रोश : सबैको अस्तित्व समान छ भन्दा राजीनामा दिनु पर्ने ?

पर्यटन मन्त्रीको आक्रोश : सबैको अस्तित्व समान छ भन्दा राजीनामा दिनु पर्ने ? : Icon Khabar

काठमाडौं, पुस १७ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबैको अस्तित्व समान छ भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आज (मंगलवार) काठमाडौंमा यश कुमारको म्युजिक भिडियो ‘तिमी छौ र त’ सार्वजनिक कार्यक्रममा उनले आफ्नो राजीनामा मागेकोप्रति आक्रोश पोखेका हुन् । उनले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् । उनले राजतन्त्रप्रति इंगित गर्दै अहिले जानेर वा नजानेर मानिसहरुले पुरानो व्यवस्थालाई नै ल्याउन खोजेको बताए । उनले नेपाली समाज र मान्ने वा नमान्ने अर्को पाटो रहेको बताए । मन्त्री किराँतीले आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैँ तयार रहेको बताए । उनले आफ्नो लागि धर्म नेपाली, मन्दिर देश र भगवान जनता भएको बताए ।

उनले भने, ‘हुन तः अहिले केही मान्छेहरुले जानेर वा नजानेर त्यही व्यवस्थालाई ल्याउन खोज्दै छन् । अब नेपाली समाजले मान्छन् की मान्दैनन् ? पचाउँछन् की पचाउँदैनन् ? खोज्दै छन् । सुदन किराँतीले संविधानको व्याख्या गर्छ, यो देश जिम्मा लिन्छु भन्ने नयाँ, युगको नेतृत्व गर्छु भन्ने मान्छेले भालेको डाकमै आँखामा कचेरा नबिझ्ने स्टाटस लेख्छ, राजीनामा । हुँदैछ के ? के संविधानको व्याख्या गर्नु नहुने ? सबै अस्तित्व समान छ भन्नु नहुने ? राजीनामा दिनुपर्ने ? के मेरो निधारमा मन्त्रीको छाप छ ? म त अहिले दिन तयार छु । यो पद भन्दा देश ठूलो छ । म धर्म मान्छु, मेरो धर्म नेपाली हो, मेरो मन्दिर देश हो, मेरो भगवान जनता हुन् । के हुँदैछ ?’

Published Date: 02 January 2024


ताजा
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बिहीबारको राशिफल
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली