आज राति उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

आज राति उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, पुस १५ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। साथै तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हिमपात तथा तराईका भू-भागमा बिहानीपख हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 December 2023
Website | + posts